FAQs Complain Problems

धनपालथान शैक्षिक मेला

Read More

१०९ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा २०७४ सालको SEE परिक्षामा B+ वा सो भन्दा माथि ल्याउने सामुदायिक विधालयको छात्राहरुलाई साईकल वितरण

Read More

१०९ औ अन्तराष्ट्रिय महिला दिवस

Read More

गाउँकार्यपालिकाको कार्यालय

Read More

धनपालथान गाउँपालिकाको परिचय

मोरङको दक्षिण भागमा पर्ने धनपालथान  गाउँपालिका नक्सामा हेर्दा त्रिकोनातमक आकारमा रहेको छ ।यो गाउँपालिका साविकका नोचा,कदमाहा , दादरबैरिया,अमाही बरियाती र सोराभाग गाविसलाई मिलाएर बि.स. २०७३ सालमा गठन भएको हो ।  गाउँपालिका निर्माणका क्रममा साविकको नोचा  गाविसलाई यसको वडा नं.  १ ,अमाही बरियाती गाविसलाई वडा नं. २,सोराभाग  गाविसलाई ३ र ४,दादरबैरिया गाविसलाईआधा जति वडा नं. ५ तथा आधा  वडा नं. ६ तथा कदमाहा गाविसका केही भागलाई वडा नं. ६ मा नै राखेर बाँकी भागलाई वडा नं. ७ मा समावेस गरिएको छ ।  यसरी दक्षिणमा मोरङका यी पाँचवाटा  गाविसलाई मिलाएर धनपालथान  गाउँपालिका बनाइएको छ । यस  गाउँपालिकाको नाम भने साविकको कदमाहा  गाविसमा रहेको राजा धनपालथानको मन्दिरको नाममा राखिएको हो ।

Dhanpalthan (Nepali: धनपालथान गाउँपालिका) is a Gaupalika (rural municipality) located at Morang district. Dadarbairiya, Sorabhag, Amaibariyati, Kadamaha and Nocha VDCs were incorporated into Dhanpalthan Gaupalika. This rural municipality has an area of 70.26 sq. km. The population as of 2017 is 39,394.The current VDC Office of Sorabhag is the office of this Gaupalika.

धनपालथान गाउँपालिकाको सिमाना पूर्वमा रंगेली नगरपालिका,दक्षिणमा भारतको बिहार, पश्चिममा जहदा र कटहरी गाउँपालिका पर्दछन् ।यसको उतरतिर पनि कटहरी गाउँपालिका र रंगेली  नगरपालिकानै पर्दछन्।समुद्र सतहबाट करिब ६७ मिटर उचाईमा रहेको यो गाउँपालिका झन्डै २६ डिग्री २२ मिनेट उतर अक्षान्स र 87°28” पूर्वी देशान्तरमा फैलिएर रहेको छ ।

नव वर्ष २०८० को शुभकामना ।

जन प्रतिनिधि

अध्यक्ष
९८५२०७७००४
उपाध्यक्ष
९८५२०७७००३

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9852077001
उपेन्द्र
अधिकृत छैठौ
९८४२१३६९६१
अधिकृत छैठौ
९८४२०९८२६९
Gyanendra
सूचना अधिकारी
९८५२०२८७६१

सेवाहरु

सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएमा सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत योजना अधिकृत ईन्जिनियर अथवा सव ओभरसियर
सेवा दिने कार्यालयः- धनपालथान गाउँपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको निर्णय प्रतिलिपि (  खर्च अनुमोदन सहितको )
  • सम्बन्धित वडाको सिफारीश
  • प्राविधिक मूल्यांकन
  • निवेदन
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- २१ दिन
जिम्मेवार अधिकारीः- ईन्जिनियर¸ प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- पुरानो घरको खण्डम रु २.५ प्रति स्कार फुट (१०० प्रतिशत जरिमाणा) र नयाँ घरको खण्डमा २.५ रु प्रति स्कार फुट
आवश्यक कागजातहरुः-

 नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
 दरखास्त फारम
 जग्गाधनी दर्ता प्रमाणपत्रको नक्कल
 नापीको नक्सा
 गाउँपालिकाबाट उपलब्ध हुने नक्सा किताब
 ईजाजत प्राप्त कन्सल्टेनसीबाट ट्रेसपेपरमा तयार गरिएको घरको नक्सा प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः-

मृतकको नागरिकताको प्रमाणपत्र वा जग्गाको प्रमाणपत्र वा पेन्सन पट्टा सुचना दिने मानिसको नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः-  ३५ दिन भित्र निशुल्क  ३५ देखि ७० दिन भित्र रु ८ र सो भन्दा बदी भएमा रु ५० ।
आवश्यक कागजातहरुः-

 पति पत्नी दुवैको नागरिकताको प्रमाणपत्र
 ना प्र नभएको भए जन्म दर्ता र बाबु आमाको नागरिकता
 दर्ता विवाह भए सोको प्रमाणपत्र सहित दुवै जना उपस्थित हुनुपर्ने

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानिय पन्जिकाधिकारी अथवा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः-  ३५ दिन भित्र निशुल्क  ३५ देखि ७० दिन भित्र रु ८ र सो भन्दा बदी भएमा रु ५० ।
आवश्यक कागजातहरुः-

 शिशुको बाबु आमाको नागरिकताको प्रमाणपत्र
 उमेर खुलेको प्रमाणपत्रको आधारमा परिवारको मुख्य व्यक्ति वा सबै भन्दा जेठो व्यक्तिले सुचना दिने

सेवा प्रकारः- नेपाली नागरिकता प्रमाणपत्र तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नाता प्रमाणित नेपाली ‍रु ५०० । नाता प्रमाणित अंग्रेजीमा रु १०००
आवश्यक कागजातहरुः-

 व्यहोरा खुलेको निवेदन
 नाता प्रमाणित गर्नेको जन्म दर्ता र नागरिकता
 दुवै पक्षको पासपोर्ट साईजको दुई दुई प्रति फोटोहरु
 आव्शयकता अनुसार जन्म विवाह मृत्यु दर्ता बसाई सराई प्रमाण पत्र चालु आ व सम्म एकिकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- व्यवसाय दर्ता तथा नविकरण
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत र प्रशासन प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय (प्रशासन शाखा)
सेवा शुल्कः- व्यवसायको प्रकृती हेरी
आवश्यक कागजातहरुः-

 नेपाली नागरिकताको प्रतिलिपि
 निवेदन
 वडा कार्यालयको सिफारिस सरजमिन मुचलका समेत
 व्यवसाय भाडामा भए वहल समझौता
 आफ्नै जग्गामा व्यवसाय संचालनको खण्डमा घर जग्गाको फोटोकपी
२ प्रति फोटो

सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत योजना अधिकृत ईन्जिनियर सब ईनुजिनियर र लेखा अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

 कार्यसम्पन्न प्रतिवेदन
 नापी किताब
 खर्चको विल भरपाई
 उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
 फर्छयौटको निर्णयको प्रतिलिपि
 योजनाको कार्यालयको सिफारिस
 सार्वजनिक परिक्षण प्रतिवेदन
 अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि

सेवा प्रकारः- योजना
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- योजना अधिकृत र वडा सचिव
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय (योजना शाखा) र वडा कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समिति गठन सम्बन्धमा आमभेलाको निर्णय प्रतिलिपि
  • योजना समझौता गर्ने सम्बन्धमा उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यलयको सिफारीश
  • खाता खोल्ने सम्बन्धमा  उपभोक्ता समितिको निर्णयको प्रतिलिपि
  • निवेदन

जानकारी